कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालत उपस्थित गराइँदैछ।
धनुषास्थित निजी अस्पतालमा भर्ना भएर बसेका सिरोहिया ७ दिनअघि नागरिकता दुरुपयोगसम्बन्धी कसुरमा पक्राउ परेका थिए।
स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो।
गत मंगलबार सिरोहियालाई काठमाडौँस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी गत बुधबार बिहान जनकपुर ल्याइएको थियो। बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो। शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो।