संसदको गतिरोध हटाउन एकीकृत समाजवादीले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्को गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितका नेताहरुले संसदमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।

एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो। सोही निर्णय जानकारी गराइएको हो।

भेटमा अध्यक्ष नेपालले संसद्‌मा देखिएको गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहल आवश्यक रहेको बताए।

जवाफमा प्रधानमन्त्रीले संसद्को अवरोध हटाउन पहल जारी रहेको आजै मात्र कांग्रेस सभापतिसँग आफूले छलफल गरेको बताएका थिए।

प्रकाशित मिति: : 2024-05-26 12:43:00

प्रतिकृया दिनुहोस्