मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नं.को बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
उनकाअनुसार मृतक पुरुषको हाल नामथर वतन नखुलेको र मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ।
उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।