अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ। सन्दीपले अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्।
‘अमेरिका र वेस्ट इन्डिजमा हुने टी– २० विश्वकपका लागि मेरो भिसा अस्वीकार गरेकाे छ,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नेपाली क्रिकेटका सबै शुभचिन्तकहरुप्रति क्षमाप्रार्थी छु।’
उनलाई यसअघि २०१९मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। सन्दीप आइसीसी टी- २० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए।
पाटन उच्च अदालतले सफाइ दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया सुरु गरेको थियो।