प्रचण्ड क्याबिनेटका धनी मन्त्री अर्याल, केही नभएका मन्त्री श्रेष्ठ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा सबैभन्दा धनी मन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल (डिपी अर्याल) देखिएका छन्। उनीसँग ४ करोड बढीको ठाउँठाउँमा जग्गा र २ करोड बढी नगद नै देखिएको छ। 

उनको निजी कमाइबाट किनेको काठमाडौँ महानगरपालिका– १६ मा २८७ वर्ग किलोमिटरमा फैलिएको घर रहेको छ। जसको लागत ३ करोड रुपैयाँ छ। घर भने श्रीमती अम्बिका केसीको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

अर्यालको धादिङ, लमजुङ, काठमाडौँ र भक्तपुरमा गरी १२ वटा कित्तामा जग्गा रहेको छ। श्रीमतीको नाममा धादिङ र काठमाडौंका ५ स्थानमा विभिन्न कित्ताका जग्गाहरू रहेको छ। मन्त्री अर्यालको नाममा लमजुङका विभिन्न ६ स्थानमा जग्गा रहेको छ। अन्य ६ ठाउँका मन्त्री अर्यालकै नाममा रहेको छ। जुन निजी व्यापारबाट जोडेको विवरणमा उल्लेख छ। 

त्यस्तै मन्त्री अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको छ। उक्त सुन व्यापारबाट जोडेको उल्लेख छ। त्यस्तै मन्त्री अर्याल र श्रीमतीका नाममा गरेर विभिन्न ७ वटा बैंकमा  २ करोड बढी नगद मौज्दात रहेको छ। 

त्यस्तै मन्त्री अर्यालसँग व्यापारबाट आर्जन गरेका ६ वटा कम्पनीरसंस्थाका सेयर रहेको विवरणमा उल्लेख छ। उक्त कित्ता २ हजारदेखि ३५ हजारसम्म रहेको विवरणमा उल्लेख छ।

त्यस्तै मन्त्री अर्यालसँग टोयटा प्राडो र टाटाको नेक्सन इभी कार रहेको विवरणमा उल्लेख छ। उनले निजी कमाइबाट ब्यांकेटदेखि टूर एन्ड ट्राभल्स, रेमिटलगायत जोडेका छन्।

मन्त्री अर्यालले लिएको साढे २ करोड ऋणमध्ये एक करोड चुक्ता गरेका छन् भने डेढ करोड ऋण दिएको विवरणमा उल्लेख छ।

प्रचण्ड नेतृत्वमा सबैभन्दा कम सम्पत्ति भएको मन्त्रीमा नारायणकाजी श्रेष्ठ छन्। उनको गोरखाको सिराञ्चोक ८ मा ३ कित्तामा जमिन छ। तर त्यस जमिन पनि पार्टीलाई दिने घोषणा गरिएको र दिने प्रकृयामा रहेको श्रेष्ठले उल्लेख गरेका छन्। 

उनीसँग १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको छ। एउटा गाडी चलाइरहेको र त्यो पनि पार्टी अध्यक्ष प्रचण्डले दिएको सम्पत्ति विवरण उल्लेख गरेका छन्। 

प्रकाशित मिति: : 2024-05-21 17:37:00

प्रतिकृया दिनुहोस्