कार्यदलको बैठक आज बस्दै

सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक आज बिहान ९ बजेदेखि कानून मन्त्रालयमा बस्न लागेको हो।

कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन्।

यसअघि पनि पटक-पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छनबिन समितिको कार्यदेशमा सहमति हुन सकेको छैन।

कार्यादेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद रहेको छ।

सोमबारको संसद बैठकपछि सत्ता पक्ष र प्रतिपक्षबीच ध्रुवीकरण झन् बढेकाले कार्यादेशमा सहमति हुने सम्भावना कम देखिएको छ।

प्रकाशित मिति: : 2024-05-21 08:27:00

प्रतिकृया दिनुहोस्