‘हिरामण्डी’बाट रातारात भाइरल भएकी आलमजेब (तस्बिरहरू)

photo credit–agency
photo credit–agency

सञ्जय लीला भन्सालीको पहिलो वेब सिरिज ‘हिरामण्डी’ अहिले चर्चामा छ।

यस सिरिजमा धेरै बलिउड र टिभी अभिनेत्रीहरू पनि देखिएका छन्। जसमध्ये एक हुन् सञ्जय लीला भन्सालीकी भान्जी शर्मिन सेगल।

उनले शोमा ‘हिरामाण्डी’ मा राज गर्ने मल्लिकाजान (मनिषा कोइराला)की छोरी आलमजेबको भूमिका निभाएकी छिन्।

त्याे भूमिकाका कारण शर्मिनले धेरै ट्रोलिङको सामना गरिरहेकी छन्। मानिसहरूले शाेमा उनी  ‘इमाेशनलेस’ देखिएकाे बताइरहेका छन्। यसैबीच शर्मिनले हिरामण्डीमा अभिनय पाउनुकाे कारण खुलाएकी छन्।

‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ एपिसोडमा अभिनेत्री मनिषा कोइराला, सोनाक्षी सिन्हा, ऋचा चड्ढा, अदिती राव हैदरी, सञ्जीदा शेख र शर्मिन सेगल देखिएका थिए। त्यही  उनले बताएकी थिइन् शाेकाे लागि उनले अडिशन दिएकी थिइन्।

उनले भनिन्, ‘मैले एक वर्ष अडिसन दिएँ। त्यसैले प्राविधिक रूपमा मैले एक वर्षसम्म केही अनुभव बटुलें।’ एक वर्षकाे अवधिमा आफूले १६ अडिशन दिएकाे उनले बताइन्। 

काे हुन् शर्मिन सेगल?

सन्जय लिला भन्सालीकी भान्जी शर्मिन सेगलकाे पहिलाे फिल्म 'मलाल' थियाे। त्याे फिल्मबाट उनले कराेडाैं दर्शकहरूकाे मन जितिन्। तर, फिल्मले बक्स अफिसमा खासै सफलता पाउन सकेन।

मलालपछि शर्मिनले 'अति भूतों भव'मा पनि काम गरिन्। तर यो फिल्मले पनि खास कमाउन सकेन। उनले आफ्नो करियरमा हालसम्म निकै कम फिल्म गरेकी छन्।

यसअघि शर्मिनले सञ्जय लीला भन्सालीलाई बाजीराव मस्तानीमा असिस्ट गरेकी थिइन्।

सायदै मानिसहरूलाई थाहा छ कि शर्मिन भन्जालीकी भान्जी र फिल्म एडिटर बेला सेगलकी छाेरी हुन्। त्यतिमात्र हाेइन रेखासँग शर्मिनकाे घनिष्ट सम्बन्ध पनि छ। किनकी रेखालाई फिल्ममा डेब्यू गराउने शर्मिनकै हजुरबा थिए।

शर्मिनले एक अन्तर्वार्ताका क्रममा बताएकी थिइन् कि उनी  १७ वर्षकी हुँदा डाक्टर बन्न चाहन्थिन्, अभिनेत्री बन्ने सपना पनि देखेकी थिइनन्। तर सानाे छँदा उनी माेटी थिइन्, सबैले जिस्काउँथे। त्यसपश्चात उनले फिल्ममा काम गर्ने याेजना बुनिन्। र, बलिउडमा कदम राखिन्।  

प्रकाशित मिति: : 2024-05-20 18:22:00

प्रतिकृया दिनुहोस्