प्रधानमन्त्रीले विश्वासकाे मत लिनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

बैठक बिहान १० बजे संसद भवन बानेश्वसरमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्। सत्ता घटक जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपरेको हो।

प्रकाशित मिति: : 2024-05-20 09:23:00

प्रतिकृया दिनुहोस्