डा. गोविन्द केसीले ताेडे अनसन

डा. गोविन्द केसीले अनसन ताेडेका छन्।

विभिन्न माग राखेर ६ दिनअघि अनसन बसेका केसीले बिहीबार पत्रकार सम्मेलन गरेर अनसन ताेडेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित ४ बुँदे माग राखेर डा. केसी पशुपतिकाे मृगस्थलीमा २२औँ अनसन बसेका थिए।

उनले सशस्त्र द्वन्द्वको बेला माओवादीबाट मारिएका ओखलढुंगाका उज्जन र गणेश श्रेष्ठकी बहिनी साबित्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

अनैतिक शासकहरूबाट नैतिकताको अपेक्षा गर्नु फगत रहेको भन्दै केसीले अनसन तोडेका हुन्।

प्रकाशित मिति: : 2024-05-16 17:44:00

प्रतिकृया दिनुहोस्