नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले बेचेको जग्गा काँग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओलीजस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरे।
ओलीले बुधबार एमालेको संसदीय दलको बैठकमा गिरीबन्धु टी-स्टेटको जग्गा काँग्रेसले ७० बिघा बेचेको आरोप लगाएपछि काँग्रेस सभापति देउवाको यस्तो बताएका हुन्।
'ओलीजीले बोलेको कुरा बाहिर आएको छ गिरीबन्धु टी-स्टेटको बारेमा, काँग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति?', देउवाले भने।