कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरोध

नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेशसभा बैठक अवरोध गरेको छ।

मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेशसभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ।

कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबर्जस्ती प्रदेशसभा बैठक सञ्चालन गर्न खोजेको भन्दै प्रदेशसभामा अवरोध गरेर नाराबाजी गरेका थिए।

कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित मिति: : 2024-05-16 11:07:00

प्रतिकृया दिनुहोस्