चाइना जाने नेपालीलाई भिसा शुल्क नलाग्ने

Photo–Tripadvisor
Photo–Tripadvisor

चीन सरकारले आगामी बुधबारदेखि नेपाली नागरिकलाई भिसा निःशुल्क गर्ने भएको छ।

नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन र नागरिकहरूकाे भ्रमण आदानप्रदानलाई थप सहज बनाउन उक्त निर्णय गरिएको बताइएको छ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार आगामी मे १ तारिखदेखि उक्त निर्णय लागू हुने छ।

नियमित तालिकाबमोजिम भिसा आवेदन गर्नेलाई निःशुल्क गरिएको छ। जरुरी र अति जरुरी अर्थात् एक्सप्रेस २ र एक्सप्रेस १ मा भिसा आवेदन गर्नेलाई पहिलेको शुल्कको तुलनामा ५० प्रतिशत कम गरिएको छ। 

प्राप्त विवरणअनुसार एक्सप्रेस २ र एक्सप्रेस १ लाई क्रमशः एक हजार ३५० र दुई हजार तोकिएको छ। यसअघि उक्त शुल्क दुई हजार सात सय र चार हजार थियो।

नेपालले चिनियाँ नागरिकलाई यसअघि नै भिसा शुल्क निःशुल्क गर्दै अनअराइभल भीसाको सुविधासमेत दिँदै आएको छ।

प्रकाशित मिति: : 2024-04-28 11:52:00

प्रतिकृया दिनुहोस्