‘जाले रुमालैमा’ बोलको गीत सार्वजनिक 

सर्जक तिलक रामदामको ‘जाले रुमालैमा’ बोलको गीत सार्वजनिक भएको छ। 

सर्जक रामदामको आफ्नै अफिसियल युटुब च्यानलमार्फत शनिबार गीत सार्वजनिक भएको हो।

शब्द संगीत सर्जक रामदामको रहेको गीतमा बहु चर्चित गायक खेम सेंचुरीलाई नवोदित गायिका किरण सिर्पालीले साथ दिएकी छन्। 

काभ्रेपलान्चोकको दोलालघाटमा छायांकन गरिएको गीतकाे एरेन्ज राजु सोनामको रहेको छ।

उक्त गीतमा विजय पुनसंगै आर्यन राउत, विना राउत र जुना एसडीकाे अभिनय रहेकाे छ। 

यसअघि सर्जक रामदामले पछ्यौरी चुन्निको, काँचो पात, चकलेटी हिरो, धोकेवाज, कानको झुम्कना जस्ता गीत बजारमा ल्याइसकेका छन्। 
 

प्रकाशित मिति: : 2024-04-28 10:17:00

प्रतिकृया दिनुहोस्