प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएकाे छ।

सभामुख कृष्णप्रसाद धितालले प्रदेश अधिवेशनको सुरू भएकाे जानकारी गराएर बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्।

शुक्रबार बसेको प्रदेश अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले बहिष्कार गरेका थिए।

कांग्रेसले सरकार गठनको विषयमा सर्वोच्च अदालतले फैसला सुनाउने क्रममा रहेकोले सो फैसला नआएसम्म प्रदेशसभा बहिष्कार गर्ने निर्णय गर्दै आजको बैठक बहिष्कार गरेको थियो।

प्रतिपक्षी दलले बहिष्कार गरेपछि सभामुखले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए।

प्रकाशित मिति: : 2024-04-19 16:38:00

प्रतिकृया दिनुहोस्