‘नेकलेस’मा लुकेको जान्हवी कपूरको रहस्य 

एजेन्सी– फाइल तस्बिर
एजेन्सी– फाइल तस्बिर

पछिल्लाे समय बलिउडकी अभिनेत्री जान्हवी कपूर आफ्नो प्रेमी शिखर पहाडियाको कारण चर्चामा छिन्।

जान्हवी र शिखर प्रायः एक अर्कासँग सार्वजनिक रूपमा देखिइरहेका छन्।

गत मंगलबार जान्हवी अजय देवगन स्टारर फिल्म ‘मैदान’ को स्पेशल स्क्रिनिङमा सहभागी भएकी थिइन्। त्यही उनको अनुकूलित नेकलेसले सबैको ध्यान खिचेको छ।

तर त्याे हारमा के छ विशेषता?

मंगलबार ९ अप्रिलमा ‘मैदान’ को स्क्रिनिङ भएको थियो, जसमा जान्हवी कपूर आफ्ना बुवा बोनी कपूरसँग आएकी थिइन्। यस कार्यक्रममा सेतो कपडामा उनी निकै सुन्दर देखिएकी थिइन्।

उनको पहिरन बाहेक उनको नेकलेस पनि चर्चाको विषय बनेको छ। जान्हवीको नेकलेसमा उनको कथित प्रेमीको नाम ‘शिखु’ लेखिएको थियो।

‘कफी विथ करण’ मा खुल्यो रहस्य

‘कफी विथ करण’ को एक एपिसोडमा जान्हवीलाई सोधिएको थियो कि उनको स्पीड डायलमा को थियो? त्यसको जवाफमा उनले तीन जनाको नाम लिएर भने, ‘पापा, खुशी र शिकु।

जान्हवीले ‘शिकु’ को नाम लिने बित्तिकै लजालु देखिन् र उनको अनुहारबाट प्रष्ट देखिन्थ्यो कि उनले संयोगवश ‘शिकु’ नाम भनेकी थिइन्, जुन उनी लिन चाहदिन थिइन्।

तर, पछि उनले आफ्नो कुरा स्पष्ट पार्दै शिखर आफ्नो असल साथी मात्रै भएको बताएकी थिइन्। यसपछि त्यहाँ उपस्थित सबै हाँस्न थाले।

शिखर पहाडिया सुशील कुमार शिन्दे (महाराष्ट्रका पूर्व मुख्यमन्त्री) का नाति हुन्। हालै जान्हवी–शिखर र अरी तिरुमाला मन्दिरमा सँगै देखिएका थिए।

जान्हवीको जन्मदिनको विशेष अवसरमा शिखरले इन्स्टाग्राममा केही रोमान्टिक तस्बिरहरू सेयर गरेका थिए, जसलाई हेरेर फ्यानहरूले दुवै रिलेशनशिपमा रहेको अनुमान गरेका थिए।

जान्हवीको आगामी फिल्म

जान्हवी कपूर छिट्टै जुनियर एनटीआरसँग ‘देवरा : पार्ट १’ मा साउथ फिल्ममा प्रवेश गर्दैछिन्। यसबाहेक जान्हवी राजकुमार रावसँग मिस्टर एन्ड मिसेस माहीमा पनि देखिनेछिन्।

प्रकाशित मिति: : 2024-04-10 20:41:00

प्रतिकृया दिनुहोस्