तरुण दलको भवन बनाउन आर्थिक सहयोग संकलन

काँग्रेसको युव संगठन तरुण दलको केन्द्रीय कार्यालय भवन बनाउन आर्थिक सहयोग संकलन भइरहेको छ। 

चैत १६ र १७ गते काठमाडौँमा बसेको बैठकले तरुण दलको भवन बनाउने निर्णय गरेको थियो। 

जसअनुसार तरुण दलका केन्द्रीय सदस्य सरोज बहादुर शाहीले २ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरे। 

उनले तरुण दलका अध्यक्ष अध्यक्ष विद्वान गुरूङलाई सहयोग प्रदान गरेका थिए। 

आर्थिक संकलनका क्रममा अहिलेसम्म ७८ लाख रुपैयाँ संकलन भएको अध्यक्ष गुरूङले जानकारी दिए।

प्रकाशित मिति: : 2024-04-09 18:56:00

प्रतिकृया दिनुहोस्