सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

File Photo
File Photo

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन्। उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका छन्।

केन्द्रको सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत नपाउने भएपछि बिहीबार राजीनामा दिएका थिए।

प्रकाशित मिति: : 2024-04-05 17:06:00

प्रतिकृया दिनुहोस्