काँग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

फाइल तस्विर
फाइल तस्विर

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ। यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली काँग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो।

संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो।

काँग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम- २ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन्।

काँग्रेस संसदीय बोर्डको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ। यसैगरी दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ।

प्रकाशित मिति: : 2024-04-04 07:19:00

प्रतिकृया दिनुहोस्