नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले सरकारले युद्धग्रस्त देशमा श्रमिक पठाउने काम बन्द गर्नुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको आइतबारकाे बैठकमा बाेल्दै उनले सरकारले रुसमा श्रम स्वीकृति दिएर के गर्न खोजेको भन्दै प्रश्न गरिन्।
‘युक्रेनकाे सेनामा भर्ती भएका युवाहरू हामीलाई फर्काइदेउ भनेर दैनिक राेदन हामीले सुनेका छाैँ। यही अवस्थामा श्रम मन्त्रालयबाट राेजगारीका युवाहरूलाई जान छुट दिएका खबरहरू आएका छन्। सरकारले के गर्ने खाेजेकाे हाे? युवाहरू धेरै भएको हो त नेपालमा? उनीहरूलाई युद्धग्रस्त देशमा मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहना हो?’, उनले प्रश्न गरिन्।
उनले थपिन्, ‘देशमा राजगारी दिन सकिँदैन भनेर बरू युवाहरू मरे मर तर जाउ विदेशी भूमिमा अरूका लागि लडिदेउ भनेर पठाउने परम्परा के हाे याे?’