राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्।

अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।

अर्यालले नेपालको संविधान २०७२ को धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१) बमोजिम उपाध्यक्षको पदबाट राजीनामा दिएकी हुन्। 

नयाँ सत्ता समीकरणबाट अध्यक्ष मावोवादी केन्द्रै दाहाल निर्वाचित भएपछि माओवादी नेतृसमेत रहेकी अर्यालले उपाध्यक्ष पदबाट राजीनामा दिएकी हुन्।

अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन्।

प्रकाशित मिति: : 2024-03-28 14:35:00

प्रतिकृया दिनुहोस्