घर झगडा देखाएर शक्ति आर्जन गर्ने चलखेल

नागरिक उन्मुक्ति पार्टीमा पछिल्लो समयमा मतभेद चलिरहेको छ। पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) र पार्टी संरक्षक रेशम चौधरीविच संघीय सरकारमा सहभागि हुने र नहुने विषयमा मतभेद चलेको हो। रेशम र रञ्जिता श्रीमान-श्रीमति हुन्। तर, पछिल्लो सयम पार्टीको कारण रेशम र रञ्जिताबीच बोलचालसमेत बन्द भएको पारिवारीक स्रोतले जनाएको छ।

रञ्जिताले एमाले-माओवादीसहित दलहरुको बनेको नयाँ समीरणलाई समर्थन गरेर संघको सरकारमा सहभागिता जनाउने लागिरहेकी छन्। भने, रेशमले पुरानै समीकरणलाई यथावत राखेर प्रदेश सरकारलाई समर्थन गरेर पावर शेयरिङ गर्ने रणनीतिमा अगाडि बढेका छन्।

गत चैत ३० गते प्रधानमन्त्री पुष्पकमल दहाललाई विश्वासको मत दिने नदिनेमा रञ्जिता र रेशमबीच मतभेत भयो। रञ्जिताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र रेशमले नदिने विषयमा दुवैले छुट्टाछुटै विज्ञप्ति निकाले। विज्ञप्तिले पनि काम नगरेपछि रेशमले कैलालीबाट श्रीमती रञ्जितालाई सम्झाउन काठण्माडाैँ पुगे। तर, उनले सम्झाउन सकेनन्। अन्तत: रेशमले पार्टी अध्यक्ष अर्थात् आफ्नो श्रीमती रञ्जितालाई जति सम्झाउन कोसिस गरे पनि नसकिएको बताएका थिए। उनले आफ्नो फेसबुकको वालमा श्रीमती रञ्जितालाई सम्झाउनको लागि जिल्लाबाट काठमाडाैँ आएर घण्टौँसम्म सम्झाउन कोसिस गरे पनि नसकिएको र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि नसकिएको भन्दै आक्रोश र दु:ख व्यक्त गरेका थिए। उनले हामी श्रीमान र श्रीमतीकै कारणले भर्खर जन्मेको पार्टी संकटका घडीमा रहेको समेत बताएका छन्।

रेशमको यो हारगुहारबीच पनि रञ्जिताले केही टसमस नभई प्रधानमन्त्री पुष्पकमल दहाललाई विश्वासको मत दिइन्। उनले अहिले सरकारमा सहभागी हुनका लागि माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिहरेकी छन्। यता रेशमले सूदुरपश्चिम प्रदेशको मुख्यमन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै ‘पावर शेयरिङ’ अगाडि बढाइरहेका छन्।

नाउपाको अहिले संघमा चार र प्रदेशमा १२ सांसद रहेका छन्। सूदुरपश्चिम प्रदेमा ७, लुम्बनीमा ४ र मधेश प्रदेशमा १ सांसद रहेका छन्। संघका सबै सांसद रञ्जिताको पक्षमा उभिएका छन। भने, प्रदेशका अधिकांश सांसद रेशमको पक्षमा छन्। अहिले रञ्जिताले संघमा र रेशमले प्रदेशमा आफ्नो शक्ति प्रयोग गर्दै राजनीतिक बार्गेनिङ गरिरहेका छन्। यही मौकाको फाइदा उठाउँदै रेशमले सूदुरपश्चिमका कमलबहादुर शाहलाई दाबाब दिएर ७ सांसद मध्ये ५ सांसदलाई मन्त्री बनाउन सफल भएका छन्। रेशमकै दबाबले मुख्यमन्त्री शाहले गत साता दुई चरणमा ५ मन्त्रीलाई नियुक्त गरिसकेका छन्।

लुम्बिनी प्रदेशमा पनि रेशमले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भेटेर थप मन्त्री नियुक्त गर्न दबाब दिरहेका छन्। उनले प्रदेश सरकारलाई टिकाउनको लागि आफ्नो पार्टीबाट थप दुई मन्त्री नियुक्त गरेमा समर्थन गर्ने बताइरहेका छन्। यद्यपि, रेशमले भनेको जस्ताे लुम्बिनीमा अहिलेको अवस्थामा चौधरीको नेतृत्वको सरकार लम्बिने सम्भावना देखिँदैन्। उनको सरकार अहिले अल्पमतमा परिसकेको छ। यद्यपि, मुख्यमन्त्री चौधरीले साना दलहरुसँग छलफल, सम्वाद बढाइरहेको स्रोतले बताएको छ।

यता नाउपाको संघीय संसदीय दलको नेतासमेत रहेकी रञ्जिताले आफ्नो निर्देशनबिना प्रदेशमा मन्त्री नियुक्त भएको भन्दै कारबाही गर्ने चेतावनी दिँदै आएकी छन् भने रेशमले कुनै पनि हालतमा राजीनामा नदिने र ढुक्क भएर मन्त्रालयको काम-कारबाही अगाडि बढाउने निर्देशन दिँदै आएका छन्।

यद्यपि, रेशम र रञ्जिताका जसरी मतभेदको कुरा बाहिर आए पनि यी दम्पतीको दुवै गठबन्धनबाट फाइदा उठाउने रणनीति भएको सरोकारवालाहरुले बताउँदै आएका छन्।

नाउपका पूर्वनेतासमेत रहेका सामाजिक अभियन्ता सुरेन्द्र चौधरीले रेशम र रञ्जिताको विवाद राजनीतिक फाइदको लागि नाटक भएको बताए। उनले दुवै जनाको मिलिभगतमा पछिल्लो घट्ना भएको दाबी गरे।

पार्टीमा रेशम र रञ्जिताबीच विवाद गरेजस्तो गरे पनि दुवै गठबन्धनबाट फाइदा उठाउने रणनीति भएको चौधरीले बताए। उनले नाउपा पार्टी  नभएर पारिवारिक क्लब भएको समेत आरोप लगाए।

प्रकाशित मिति: : 2024-03-17 19:00:00

प्रतिकृया दिनुहोस्