सरकारी जागिर त्यागेर राजनीतिमा लागेका मक्करलाई रवि लामिछानेले बनाए रास्वपाकाे जुम्ला संयाेजक 

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)जुम्लाकाे संयाेजककाे जिम्मेवारी मक्कर भण्डारीले पाएका छन्। रास्वपाका सभापति रवि लामिछानेले भण्डारीलाई जुम्ला जिल्ला संयाेजककाे जिम्मेवारी दिएका हुन्।

सरकारी जागिर छोडेर राजनीतिमा आएका भण्डारी चन्दननाथ नगरपालिका- १० स्थानीय बासिन्दा हुन्। उनी शिक्षा विकास तथा समन्वय एकाई जुम्लाको प्रमुख थिए।

नयाँ शैलीसहित नेपाली राजनीतिक नक्षेत्रमा उदाएको रास्वपा वर्तमान समयको वैकल्पिक शक्ति भएकाले आफू राजनीतिमा आएको उनले बताए।

‘रास्वपा नेपालकाे उदयमान शक्ति हो। त्यसले यसले जनताले चाहेको विकास, सुशासन तथा चुस्त सेवा प्रवाहकाे अपेक्षालाई पूरा गर्न सक्छ,’ उनले भने, ‘यस्तो जिम्मेवार पार्टीकाे संयाेजक हुनुलाई मैले अवसरको रुपमा लिएकाे छु।’

जुम्लामा रास्वपाकाे संगठनबाहिर देखिने गरी विस्तार नभए पनि अनलाइनमार्फत् धेरै युवाहरु जोडिएको उनको प्रतिक्रिया छ।

‘अनलाइनमार्फत जाेडिएका युवाहरु अब देखिने गरी पार्टीमा जाेडिनेछन्,’ उनले भने, ‘रास्वपालाई जुम्लाको बलियाे पार्टी बनाउने लक्ष्यसहित मैदानमा आएको छु।’

प्रकाशित मिति: : 2024-03-15 09:26:00

प्रतिकृया दिनुहोस्