शनिबार, १२ जुलाई २०२५

टि- २० सिरिजको उपाधिका लागि पिएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2024-03-13 06:56:00
News Image
• • •

हङकङमा जारी त्रिकोणात्मक टि– २० आई सिरिजको उपाधिका लागि आज (बुधबार) नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ।

सिरिजमा नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।

पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले आयोजक हङकङसँग अंक बाँडेको थियो। भने, दोस्रो खेलमा मंगलबार पिएनजीमाथि ८५ रनको जित निकालेको थियो।

त्यस्तै पहिलो खेलमा नेपालसँग पराजित भएको पिएनजी मंगलबार नै दोस्रो खेलमा हङकङलाई १० विकेटले पराजित गर्दै फाइनल पुगेको हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?