शनिबार, १२ जुलाई २०२५

टी– २० सिरिज: नेपालले फाइनलमा पिएनजीसँग प्रतिस्पर्धा गर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2024-03-12 14:16:00
News Image
• • •

हङकङमा जारी टी- २० आई सिरिजकाे फाइनलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्ने भएकाे छ।

पिएनजीले आयाेजक हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगकाे भेट पक्का गरेकाे हाे।

नेपाल मंगलबार बिहान पिएनजीलाई पराजित गर्दै फाइनलमा पुगेकाे थियाे। भने, पिएनजीले दाेस्राे खेलमा हङकङलाई पराजित गर्दै फाइनलमा पुगेकाे छ।

नेपाल र पिएनजी बिचकाे फाइनल खेल बुधबार हुनेछ।

जारी सिरिजमा नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेकाे हाे।

पिएनजी नेपालसँग पराजित तथा हङकङमाथि जित निकाल्दै २ अंक बटुलेर दाेस्राे स्थानमा रह्याे।

आयााेजक हङकङले नेपालसँगकाे खेल वर्षाका कारण रद्द हुँदा १-१ अंका बाँडेकाे थियाे। भने, दाेस्राे खेलमा पिएनजीसँग पराजित भयाे।

अर्थात्, हङकङ १ अंकमै सीमित रह्याे।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?