नेपाल पिएनजीलाई पराजित गर्दै टी- २० सिरिजकाे फाइनलमा

नेपाल हङकङमा जारी त्रिकाेणात्मक टी- २० सिरिजकाे फाइनलमा पुगेकाे छ। मंगलबार बिहान पपुवा न्युगिनी (पिएनजी)लाई ८५ रनले पराजित गर्दै सिरिजकाे फाइनलमा पुगेकाे हाे।

नेपालले दिएकाे १९९ रनकाे लक्ष्य पछ्याएकाे पिएनजी १६.१ ओभरमा ११३ रन बनाएर अलआउट भयाे।

पिएनजीका हिरी हिरीले २८, सेसे बाउले २१, टाेली उराले १३ तथा नाेसाइना पाेकानाले १२ रन प्रहार गरे।

अन्य खेलाडीले दाेहाेराे अंक बटुल्न सकेनन्। जसमा दुई खेलाडी शून्य रनमा आउट भए।

नेपालका कुशल भुर्तेलले ४ तथा प्रतिस जिसीले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएकाे थियाे। जसमा कुशल भुर्तेल र सुन्दीप जाेराले अर्धशतक प्रहार गरे।

याे जितसँगै नेपाल ३ अंकसहित सिरिजकाे फाइनलमा पुगेकाे छ।

पहिलाे खेल वर्षकाे  कारण रद्द हुँदा नेपाल र हङकङले १-१ अंका बाँडेका थिए।

केहीबेरमा पिएनजी र हङकङबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेल जित्ने टाेली फाइनलमा पुग्ने छ। र, उक्त टाेलीसँग भाेलि नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 

प्रकाशित मिति: : 2024-03-12 09:47:00

प्रतिकृया दिनुहोस्