राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुँदैछ।
संसद सचिवालयले साेमबार सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावलीअनुसार नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ।
संसद सचिवालयकाअनुसार बिहान ११:०० बजे निर्वाचन प्रकिया सुरू हुनेछ।
संसद सचिवालयकाअनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीबाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।
दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन्।
उता प्रतिपक्षबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवार शर्माको प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्।