दाङमा पुलबाट कार खस्याे

दाङको घोराही उपमहानगरपालिका- १५स्थित कटुवाखोलाको पुलबाट कार खसेको छ। 

सोमबार साढे ९ बजेतिर कटुवाखोला पुलबाट बागमती प्रदेश ०१०२८च ९८५५ नम्बरको कार खाेलामा खसेकाे हाे। 

कार चालक ललितपुर महानगरपालिका १५ घर भएका उज्ज्वल केसी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ। 

थप मानवीय क्षति भने भएकाे छैन। मापसे गरेर चलाउँदा कार खाेलामा खसेकाे पाइएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2024-03-11 22:33:00

प्रतिकृया दिनुहोस्