तीन प्रदेश प्रमुख पदमुक्त, नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्री शर्माका अनुसार मधेश प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मियाँलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे।

तत्कालीन शेरबहादुर देउवा सरकारले मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकाे थियो। 

प्रकाशित मिति: : 2024-03-11 18:24:00

प्रतिकृया दिनुहोस्