नेपालले नेदरल्याण्ड्सलाई दियाे १८५ रनकाे लक्ष्य

त्रिकाेणात्मक टी- २० सिरिजकाे फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनकाे लक्ष्य दिएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएकाे हाे।

नेपालका लागि ओपनर आशिफ शेखले ४७ तथा कुशल भुर्तेलले २० रन बनाए।

त्यस्तै कप्तान राेहितकुमार पाैडेल २५, गुल्सन झा ३४, दीपेन्द्रसिंह ऐरी १, कुशल मल्ल २६ र करण केसी ९ रन बनाएर आउट भए।

त्यस्तै साेमपाल कामी र प्रतिश जिसी समान ६-६ रन बनाएर अविजित रहे।

इनिङमा नेपाली ब्याटरले कूल १३ छक्का तथा ६ चाैका प्रहार गरे।

नेदरल्याण्ड्सका फ्रेड क्लास्सेन, टिम भान डेर गगटेन, मिचेल लेभ्भिट र स्याब्राण्डले समान २-२ विकेट लिए।

प्रकाशित मिति: : 2024-03-05 12:58:00

प्रतिकृया दिनुहोस्