सत्ता गुमाएर रन्थनिएका देउवाले घरमै बाेलाए कार्यसम्पादन समिति बैठक

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ।

पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै काँग्रेस सरकारबाट बाहिरिएको छ। सत्ता बहिर्गमनसँगै विकसित पछिल्लो घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2024-03-05 12:43:00

प्रतिकृया दिनुहोस्