डीपी अर्याललाई मन्त्री बनाउँदै रवि, प्रत्यक्ष निर्वाचित सांसदहरू असन्तुष्ट

फाइल तस्वीर
फाइल तस्वीर

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डीपी अर्याललाई मन्त्री बनाउने भएको छ।

रास्वपाका महामन्त्री मुकुल ढकालले पूर्व श्रममन्त्री तथा सभापतिको ‘कोर टीम’का सदस्य अर्याललाई मन्त्री बनाउन लागिएको जानकारी दिएका हुन्।

कांग्रेस–माओवादीको गठबन्धन तोडिएसँगै एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनेपछि दलहरू धमाधम मन्त्री छान्दैछन्।

नयाँ गठबन्धनको चर्चा चलिरहँदा उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न तम्सिएका सभापति लामिछाने भने पार्टीभित्रबाट विरोध हुन थालेपछि हच्किएका छन्।

मन्त्री बन्न लागेका अर्याल रास्वपाका उपसभापतिसमेत हुन्। र, उनी यसअघि श्रममन्त्री थिए। त्यतिखेर ‘म्यानपावर दलाल’लाई श्रम मन्त्रालयको जिम्मेवारी सुम्पिएको भन्दै सभापति रवि लामिछानेको चर्को आलोचना भएको थियो।

त्यस्तै, उपसभापति स्वर्णिम वाग्लेनिकट नेताहरूले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई उपेक्षा गर्दै समानुपातिक सांसद अर्याललाई मन्त्री बनाउन लागेको भन्दै नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

प्रकाशित मिति: : 2024-03-04 13:29:00

प्रतिकृया दिनुहोस्