‘स्वर्णिमलाई अर्थमन्त्री बनाऔँ’ भन्दा मानेनन् रवि, भने– मै आफैं जान्छु

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ गठबन्धन सरकारमा सहभागी हुने निश्चित भएको छ।

सोमबार बिहान बसेको सचिवालय बैठकमा सभापति लामिछानेले अघिल्लो राति बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबीच चलेको बैठकको छलफलबारे बिफ्रिङ गर्दै रास्वपा नयाँ गठबन्धनमा सामेल हुने बताएका छन्।

लगतै, उपसभापति स्वर्णिम वाग्लेनिकट नेताहरूले ‘प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको तर्फबाट नेतृत्व कसले गर्छ त?’ भन्दै प्रश्न गरेका थिए।

अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले वाग्लेलाई अर्थमन्त्रीको रुपमा अघि सार्नुपर्ने बताएका छन्।

अहिले देशको अर्थतन्त्र ओरालो लागेको भन्दै वाग्लेलाई अर्थमन्त्रीको रुपमा पार्टीले सरकारमा पठाउनुपर्ने उनीहरूको जिकिर छ।

रास्वपा नेताहरूले स्वर्णिम वाग्लेको नामै लगेर अर्थमन्त्री बनाउनुपर्ने मत राखेपछि सभापति लामिछाने रिसाएका थिए।

‘हाम्रो पार्टी सरकारमा जान्छ, अब यहाँ धेरै नबोलौँ सरकारमा मै आफैं जान्छु,’ लामिछानेको बैठकमै भनेको एक नेताले जनाएका छन्।

 

प्रकाशित मिति: : 2024-03-04 12:24:00

प्रतिकृया दिनुहोस्