माओवादीले भन्याे- फेरि वामपन्थी एकताको अध्याय सुरू भयो

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले विगतकाे गल्ती स्विकार्दै वामपन्थी एकताको अध्याय सुरू भएकाे बताएकाे छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा माओवादीले विगतमा वामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ती भएको स्विकार गरेको छ।

‘आजै एकताको कुरा त होइन तर फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले भने।

उनका अनुसार नेकपा एमालेसँग नयाँ गठबन्धन गरेको माओवादीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि तत्कालका लागि गठबन्धनमा समेटेर लैजाने भन्ने निर्णय पनि भएको छ।

प्रकाशित मिति: : 2024-03-04 11:56:00

प्रतिकृया दिनुहोस्