संसद बैठक स्थगित हुने, सभामुख छलफलमा

File Photo
File Photo

प्रतिनिधिसभा बैठक स्थगित हुन सक्ने देखिएको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परेपछि सभामुख देवराज घिमिरेले राजनीतिक दलसँग संवाद गरिरहेका छन्।

‘विशिष्ट राजनीतिक परिस्थितिबारे सभामुखले प्रमुख दलहरुसँग टेलिफोन संवाद गरिरहनुभएको छ,’ सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले भने, ‘दलहरुको सुझावका आधारमा आजको बैठकबारे निर्णयमा पुग्ने तयारी भइरहेको छ।

प्रकाशित मिति: : 2024-03-04 11:01:00

प्रतिकृया दिनुहोस्