अभिनेत्री रेखा थापालाई पुत्री लाभ

अभिनेत्री रेखा थापाले छाेरीलाई जन्म दिएकी छन्।

उनले अमेरिकास्थित कोलोराडोकाे एक अस्पतालमा शुक्रबार पहिलाे सन्तानकाे रूपमा छाेरीलाई  जन्म दिएकी हुन्।

उनले सामाजिक सञ्जालमार्फत छाेरीकाे नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकाे जनाएकी छन्।

‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ। वैभबी राज्यलक्ष्मी शाही ठकुरी’, उनले लेखेकी छन्।  

प्रकाशित मिति: : 2024-02-23 16:28:00

प्रतिकृया दिनुहोस्