सुन-चाँदीको भाउ स्थिर

नेपाली बजारमा सुन-चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ।

सोमबार पनि सुन सोही भाउमा खरिदबिक्री भएको थियो। यसअघि लगातार ३ दिन देखी सुनको भाउ क्रमशः ६००, ५०० र ४०० रुपैयाँले बढेको थियो।

यता, मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। 

प्रकाशित मिति: : 2024-02-20 11:59:00

प्रतिकृया दिनुहोस्