काँग्रेसले फागुन ३ मा बोलायो केन्द्रीय कार्यसमिति बैठक

फाइल तस्विर
फाइल तस्विर

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ३ गते बस्ने भएको छ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर फागुन ३ गते केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन्।

बैठक केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे बस्नेछ। उनकाअनुसार बैठकमा फागुनको दोस्रो साता बस्ने महासमिति बैठकका एजेन्डाबारे छलफल हुनेछ।

प्रकाशित मिति: : 2024-02-11 17:57:00

प्रतिकृया दिनुहोस्