काठमाडाैँमा ड्युटीकाे क्रममा प्रहरीकाे भ्यानबाट खसेर एक प्रहरीकाे ज्यान गएकाे छ।
प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीकाे बिहीबार राति भ्यानबाट खसेर ज्यान गएकाे हाे।
प्रहरीकाे रातिको सुरक्षा योजनाअनुसारको चेकिङ ड्युटी सकेर माेबाइल ड्युटीमा खटिएका उनकाे भ्यानबाट खसेर मृत्यु भएकाे प्रहरीले जनाएको छ।
जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-१२ सुवाकोट घर भएका ३५ वर्षीय एलजी ईलाका प्रहरी कार्यालय अरछाने जाजरकोट दरबन्दी भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत थिए।
बलम्वु प्रहरी कार्यालयको बा १ झ ७४१८ नं.को प्रहरी भ्यानमा ड्युटीको क्रममा नैकापबाट प्रहरी कार्यालय बलम्बुतर्फ आउने क्रममा गएराति ११:१५ बजेको समयमा सिप्रदीस्थित कलंकी-थानकोट मुख्य सडकखण्डमा उक्त भ्यानको पछाडिबाट अकस्मात सडकमा खस्दा घाइते भएका थिए।
गाडीबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल उद्दार गरी उपचारार्थ नजिकै रहेको मेड पोइन्ट अस्पतालमा लगिएकाे थियाे। त्यहाँ उपचार नभएपश्चात नेपाल एपिएफ अस्पताल लगिएकाेमा उपचारकाे क्रममा शुक्रबार मृत्यु भएकाे हाे।
मृतक एलजीकाे शव पोष्टमार्टकका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
भ्यान चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे छ।