एमालेकाे आरोप- भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्डबाजी गर्‍यो

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्डबाजी गरेको आरोप लगाएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बहानामा स्टन्डबाजी गरेको आरोप लगाएका हुन्।

देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए। यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ। 

प्रकाशित मिति: : 2024-02-07 12:49:00

प्रतिकृया दिनुहोस्