व्यवसायी अरुण चौधरीसहित तीनजना रिहा भएका छन्।
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार रिहा भएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडाैँ जिल्ला अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरुलाई छाडेको हो।
यही १८ माघमा सीआईबीले चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर पक्राउ परेका थिए।