विप्लवको पक्राउ पुर्जीबारे बाेल्दा नेकपाले ज्ञानेन्द्र शाहीलाई भन्यो– नाङ्गो दलाल

महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’विरुद्धकाे पक्राउ पुर्जीबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्त एमव् सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आपत्ति जनाएको छ।

सांसद शाही पार्टी मुख्यालय चावहिलमा शनिबार आयोजित सिन्धुपाल्चोक सम्पर्क समितिको कार्यक्रममा विप्लवविरुद्ध जारी पक्राउ पुर्जीबारे बोलेका थिए। उनले भनेका थिए, ‘विप्लवलाई पक्राउ पुर्जी जारी भएको हो कि होइन? तिनलाई पक्राउ गर्ने कि नगर्ने यो देशमा, कानुन सबैका लागि बराबर हो कि होइन? के यो नेपालीले बनाएको कानुन हो? पक्राउ पुर्जी आएका मानिस प्रधानमन्त्रीसँग मिटिङ गर्दै हिँडेका छन्।’

शाहीकाे यही अभिव्यक्तिलाई लिएर नेकपाले आपत्ति जनाएको हाे। नेकपाले शाहीको यो अभिव्यक्ति नाङ्गो दलाल, अराजक, द्वन्द्धपिपाशु र प्रतिगामी भएको टिप्पणी गर्दै अभिव्यक्ति फिर्ता लिन भनेको छ। ‘यसलाई तुरुन्त फिर्ता लिएर आम जनतामाझ माफी माग्न ज्ञानेन्द्र शाहीलाई हाम्रो पार्टी कडा चेतावनी दिन चाहन्छ,’ प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड सी)द्वारा जारी विज्ञप्तिमा भनिएको छ।

माफी नमागे त्यसबाट हुने गम्भीर परिणामको जिम्मेवार ज्ञानेन्द्र शाही आफैँ हुने विज्ञप्तिमा भनिएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ माघ २८ गते पार्टीलाई प्रतिबन्ध लगाएपनि सोही सरकारले नै २०७७ फागुन २१ गते तीन बुँदे सहमति गरेका कारण विप्लवविरुद्ध कुनै पनि मुद्दा नलाग्ने नेकपाले स्पष्ट पारेको छ।

नेकपाको विज्ञप्ति:

विप्लवलगायत नेकपाका नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौँले २०८० मंसिर १८ गते राज्यविरुद्धको कसुरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ। यद्यपि, उनीहरुलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न छैन। बरु उनी प्रधानमन्त्रीसँग निरन्तर भेटघाट गरिरहेका छन्। विप्लवलाई पक्राउ नगरिएकोप्रति सबैतिरबाट सरकारको आलोचना भइरहेको छ।

पक्राउ पुर्जी:

   
 

प्रकाशित मिति: : 2024-01-28 20:20:00

प्रतिकृया दिनुहोस्