बागमतीबाट चारवटै सिटमा गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनले चारवटै सिटमा जितेकाे छ।

बिहीबार सम्पन्न भएकाे निर्वाचनमा महिलातर्फ नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी र  अन्यमा जीतजंग बस्नेत तथा अपांङ्गतर्फ नेकपा माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका हुन्।

महिलातर्फ विजयी पुडासैनीले ६ हजार ६२२ मत र अन्यतर्फ बस्नेतले ६ हजार ५३१ मत प्राप्त गरे। त्यस्तै अपांङ्गतर्फ अधिकारीले ६ हजार ३८३ मत र दलिततर्फ रिजालले ६ हजार ५१२ मत प्राप्त गरे।

प्रकाशित मिति: : 2024-01-25 17:19:00

प्रतिकृया दिनुहोस्