बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
महिला कोटामा नेपाली काँग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा ५ हजार ४३५ मतभारसहित निर्वाचित भइन्।
अन्य कोटामा ५ हजार ४३५ मत ल्याउँदै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार झक्कु सुवेदी निर्वाचित भए। सापकोटा गुल्मीकी हुन् भने सुवेदी रोल्पाका हुन्।
सापकोटाकी प्रतिद्वान्दी नेकपा एमालेकी तुलसाकुमारी केसीले २ हजार ८६७ मतभार प्राप्त गरिन्। राप्रपाकी उम्मेदवार विजयालक्ष्मी सिंहले २५० मतभार प्राप्त गरिन्।
सुवेदीका प्रतिद्वन्द्वी एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले ३ हजार ३९ मतभार प्राप्त गरे भने जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय ५० मतभार प्राप्त गरे।