(सुरुमा एनआरएनएको थोरै इतिहास र यसअघि उसले नेपालमा गर्दै आएका परोपकारी कामहरूको चर्चा गर्ने। जसमा संघले यसअघि गरेका केही कामको फुटेज तथा फोटाहरू प्रयोग गर्ने। जस्तै २०७२को भुकम्पमा गरेको राहत वितरण, गाेरखाकाे लाप्रार्क बस्ती निर्माण, अन्य सामाजिक कामहरू)
प्रविधि र चेतनाको विकास सँगसँगै नेपालीहरू संसारका हरेक कुनामा फैलिदै छन्। भुगोलको हिसावमा साना राष्ट्र भएपनि हामी सबै नेपालीहरूका कारण हाम्रो मातृभूमि संसारको लागि अब परिचयको विषय रहेन।
विश्व भुगोलको जुनसुकै कुनामा रहेपनि ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियस’को मुल मन्त्रमा कटिबद्ध छन्। संसारभर छरिएका फूलरूपी नेपालीहरूका थुँगालाई एकत्रित गर्ने इन्द्रेणी माला हो, गैरआवासीय नेपाली संघ। संसारभरका नेपालीहरूको अभिभावकिय संस्थाको रूपमा यस संस्थाको गौरवपूर्ण इतिहास छ।
जहाँ रहेपनि नेपाल र नेपालीको संरक्षण, संवर्धन र विकासको निमित्त अहोरात्र प्रयत्नशील यस साझा चौतारीमा संसारका हरेक देश महादेशमा एनआरएनएको उल्लेखनीय उपस्थिति र योगदान रहँदै आएको छ।
विश्वभर छरीएर रहेका नेपालीहरूलाई एकताको सुत्रमा समेट्ने महान उद्देश्यका साथ एनआरएनएको जन्मिएको थियो।
प्रवासी नेपालीलाई मात्र नभइ जन्मभूमि अनि सबै नेपालीहरूको निम्ति भइपरीआउने विभिन्न चुनौतीहरू र आरोहर अवरोहको एकजुट भएर सामना गर्ने निश्छल अनि विशुद्ध भावनालाई आत्मसाथ गर्दै थोरै छोटो समयमा केही महत्वपूर्ण उपलब्धिहरू पनि हासिल गरेको छ।
मातृभूमिमा मानवीयवा या प्राकृतिक विपत्ति आउँदा होस वा महामारीको संकट पर्दा होस,एनआरएनएले आफूलाई नेपाली र मातृभूमि प्रतिको उत्तरदायित्व बहन गर्न हरप्रयास प्रयत्न पहल गर्दै अग्रसर हुँदै आएको छ।
भूकम्प पीडितको दैलोमा एनआरनएको राहत
गतवर्षको २३ नोभेम्बरको राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गयो। ६.४ म्याग्निच्युडको यो भूकम्पले दशौँ हजार घरहरू भत्किए। २०७२ पछि नेपाली जमिन बेस्सरी हल्लाएको यो अर्को शक्तिशाली भूकम्प थियो। १५३ जनाको ज्यान लियो। सयौं घाइते भए। हजारौं परिवारका सपना टुटे।
कैयौँ गाउँ नै रित्याउनेगरी आएको यो विनाशकारी भूकम्पका कारण ध्वस्त भएका बस्तीहरू बनाउने क्रम अहिले पनि जारी छ। फेरि देशमा विपत्त आइलाग्यो। देशमा आपत्त पर्दा विदेशमा बस्ने नेपालीहरूको मन यत्तिकै टुलुटुलु हेरेर बस्ने कुरै भएन।
एनआरएनएले तुरुन्तै आपत्तकालिन बैठक बोलायो। भुकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि जाने निर्णय गरियो। त्यसो त संघले तत्कालै १० लाख रुपैयाँ सरकारले स्थापना गरेको राहत उद्धार कोेषमा जम्मा गर्ने निर्णय गरेको थियो।
अर्काेतर्फ भूकम्प प्रभावित क्षेत्रमा स्वास्थकर्मीको टोलीसहित राहत लिएर जाने निर्णय पनि गरियो। भूकम्पले घरबारविहीन भएका परिवाहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्री बोकेर प्रभावित क्षेत्रमा जाने निर्णय भयो।
लगत्तै संघका सचिव मनोज गोर्खालीलाई राहत वितरण परियोजनाको संयोजकको जिम्मेवारी दिइयो। उपमहासचि प्रविण गुरुङ, सचिव गोर्खालीलगायको टीमले तत्काले राहत सामग्री खरिद ग¥यो।
टोली तुरुन्तै जहाजमार्फत नेपालगंज पुग्यो। नेपाल सरकारका उप्रपाधनमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर नेपालगंज झरेका थिए। उनले नेपालगंजमा बसेर राहत कुन–कुन क्षेत्रमा पठाउने समन्वय गरिरहेका थिए। अध्यक्ष डा. बद्री केसीको नेतृत्मा गएको टोलीले नेपालगंजमा मन्त्री खड्कालाई भेटेर प्रभावित क्षेत्रकाबारेमा विवरण लियो। राहत कसरी बाँड्ने भनेर योजना बनायो। त्यपछि टोली प्रभावित क्षेत्रमा लाग्यो।
दुई समूहमा टीम बाँडीयो। अध्यक्ष डा. केसीको नेतृत्वमा एउटा टोली जाजकोटतर्फ लाग्यो भने अर्काे महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुमतर्फ लाग्यो।
जाजरकोट र रुकुम पश्चिमका पीडत परिवारलाई संघले स् स्थानीय सरकारको समन्वयमा पहिलो चरणमा १ करोडभन्दा राहत सामग्री वितरण गरेको हो।
टोलीले भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो। जाजरकोटमा राहत वितरणको संयोजन सचिव मनोज गोर्खालीले गरेका थिए।
जाजरकोटको बगान गाउँमा राहत सामग्री वितरण गर्दै अध्यक्ष केसीले भूकम्पले सिंगो देशलगायत विदेशमा रहेका नेपालीहरूको मन दुख्दा विदेशमा बस्ने नेपालीले गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याएर हस्तान्तरण गरिएको बताए।
उनले सन् २०१५ मा गएको महाभूकम्पमा समेत संघले ५ सयभन्दा बढी स्वयंसेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको स्मरण गर्दै जाजरकोट र रुकुम पश्चिमको पुर्नर्निमाणमा समेत विदेशमा बस्ने नेपालीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाए।
यस्तै, संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानीय सरकारको समन्वयमा राहत सामग्री वितरण गरेको हो। सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो।
रुकुम पश्चिमको राहत वितरणको संयोजन उपमहासचिव प्रविन गुरुङले गरेका थिए। भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा संघको तर्फवाट भूकम्प पीडित घरपरिवारहरूको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो।
संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट ९२०० थान०, ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन, लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ। जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो।
भूकम्पपीडितसम्म पुगेर राहत वितरण गर्दा स्थानीयहरूमा खुशी छाएको र अझै सहयोग आवश्यक रहेको राहत वितरण अभियानमा पुगेका टीमका प्रतिनिधिको भनाइ छ।
यस्तै, संघले स्यानिटरी प्याड तथा विभिन्न औषधी समेत उपलब्ध गराएको छ।
भूकम्प पीडितका लागि स्वास्थ्य सल्लाह दिने उदेश्यले संघले हटलाइन सेवा संचालनमा समेत उपल्बध गराएको थियो। पिडितहरुले फोन, भाइभर, व्हाट्सए वा टेक्ट् मार्फत सिधैं स्वास्थ्य विज्ञहरुसँग सम्पर्क गर्नसक्ने व्यवस्था मिलाइएको थियो।
संघले सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिस्ट र एयसके फाउण्डेनशनको सहकार्यमा २४ सै घण्टा सो सेवा संचालनमा ल्याएको थियो।
राहत वितरणपछि संघले प्रभावित क्षेत्रमा पुनः निर्माणमा कसरी सहयोग गर्नसकिन्छ भनेर पनि योजना बनाइरहेको छ। अन्तर्राष्ट्रिय दात्रृ निकायसँग समन्वय गरेर पुनः निर्माणमा काम गर्ने संघको लक्ष्य छ।