राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

सुर्खेतमा सम्पन्न ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

बिहीबार सुर्खेतस्थित वीरेन्द्रनगरमा भएको फाइनल खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो।

पुलिसले पहिलो सेट गुमाएको थियो, त्यसपछि तीन सेटमा जित्दै उपाधि हात पार्यो। पहिलो सेट एपिएफले २५-२२ ले जितेको थियो।

त्यसपछि पुलिसले २५-१९, २५-१८ र २५-२३ को जित निकाल्न सफल रह्यो। त्यस्तै, आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गर्‍यो।

प्रकाशित मिति: : 2024-01-11 17:04:00

प्रतिकृया दिनुहोस्