बलात्कार मुद्दामा दाेषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान सन्दीप लामिछानेबाट पीडित भएकी गाैशाला-२६ काे भन्दै सामाजिक सञ्जालमा विभिन्न तस्बिरहरु सार्वजनिक गर्नेहरूमाथि नेपाल प्रहरीकाे साइबर व्युराेले अनुसन्धान सुरू गरेकाे छ।
काठमाडाैँ जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा सजाय ताेकेसँगै सामाजिक सञ्जालमा गाैशाला- २६ भन्दै विभिन्न तस्बिरहरू सार्वजनिक भइरहेका छन्।
यसै विषयलाई लिएर व्युराेले अनुसन्धान सुरू गरेकाे व्युराे स्राेतले जनाएकाे छ। स्राेतका अनुसार यसै विषयलाई लिएर व्युराेमा एउटा उजुरीसमेत परेकाे छ।
कानुनतः बलात्कृत महिलाकाे तस्बिर तथा परिचय सार्वजनिक गर्नु हुँदैन्। यद्यपि, सन्दीप लामिछानेका समर्थकहरूले गाैशाला २६ काे भन्दै विभिन्न तस्बिरहरू सार्वजनिक गर्दै पीडितलाई गालीगलाैजसमेत गरिरहेका छन्।