राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन, यस्तो छ मतभार

File Photo
File Photo

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन भएकाे छ।

निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन भएकाे हाे। 

प्रकाशित नामावलीअनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएकाे छन्। सोअनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ४९२९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ गरी जम्मा १०१३५ मतभार कायम हुने निर्वाचन आयाेगका सह-सचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यसैगरी मधेस प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन्। सोअनुसार मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ५६७१ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ गरी जम्मा १०७४४ मतभार कायम हुनेछ।

बागमती प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ११० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन्। सोअनुसार बागमती प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ५८३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ४५०३ गरी जम्मा १०३३३ मतभार कायम हुनेछ।

यस्तै गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन्। सोअनुसार गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ३१८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम हुनेछ।

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या २१८ गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन्। सोअनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ४६११ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम हुनेछ।

त्यसैगरी कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या १५६ गरी जम्मा १९६ जना मतदाता कायम भएका छन्। सोअनुसार कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यको मतभार २१२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार २९६४ गरी जम्मा ५०८४ मतभार कायम हुनेछ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन्। सोअनुसार कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यको मतभार २७५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ३३४४ गरी जम्मा ६१०० मतभार कायम हुनेछ।

प्रकाशित मिति: : 2024-01-07 16:40:00

प्रतिकृया दिनुहोस्