राष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धनमा भागबण्डा टुंगियाे, कुन दललाई कति सिट?

File Photo
File Photo

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबण्डा टुंगिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनको बैठकले १९ सिटमा भागबण्डा टुंगो लगाएको हो।

जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट  जनता समाजवादी पार्टी (जसपा)ले लिने सहमति भएकाे कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ।

मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ। 

प्रकाशित मिति: : 2024-01-07 12:15:00

प्रतिकृया दिनुहोस्