इन्डोनेसियामा रेल ठोक्किँदा ४ जनाको मृत्यु, ३७ घाइते

photo: AFP
photo: AFP

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शुक्रबार बिहान दुई वटा रेल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ३७ जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यम अन्टाराका अनुसार मारिनेहरूमा रेल चालक दलका चार जना सदस्य, एक जना चालक, एक जना सहायक चालक, एक जना भण्डारी र एक जना सुरक्षा अधिकारी रहेका छन्। दुई वटा रेलका  कुल ४७८ यात्रु दुर्घटनाबाट जोगिएका छन्। 

घाइतेहरूलाई तुरुन्तै अस्पताल लगिएको सिकालेङ्का जनरल अस्पतालका निर्देशक अक्माद हानापीले पत्रकारहरूलाई  जनाकारी दिनु भएको छ। घाइतेमध्ये २१ जनालाई सामान्य चोटपटक लागेको छ।

इन्डोनेसियाको यातायात सुरक्षा समितिले घटनाको अनुसन्धान गर्नेछ।

प्रकाशित मिति: : 2024-01-05 21:55:00

प्रतिकृया दिनुहोस्