राष्ट्रियसभा निर्वाचन: एमालेले १९ सिटमै उम्मेदवारी दिने

प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने भएको छ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने निर्वाचनकाे लागि १९ सिटमै उम्मेदवारी दिने निर्णय भएकाे महासचिव शंकर पोखरेलले जानकारी दिए।

उनले उम्मेदवारको विषयमा आज प्रारम्भिक छलफल गरेकाे बताए।

क्लस्टरमा पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गरेर २३ गते १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेकाे उनले जानकारी दिए। 

प्रकाशित मिति: : 2024-01-05 18:22:00

प्रतिकृया दिनुहोस्